काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई ४ वर्षको लागि प्राधिकरणको सिइओमा नियुक्ति दिएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङ पुनः एकवर्षपछी प्राधिकरण फर्किएका हुन् । मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ। अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ। यसअनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन्। त्यस्तै कुलमान घिसिङले भोलि बुधबार कार्यभार सम्हाल्नेछन्।