Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

उपत्यकामा थपियो निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

उपत्यकामा थपियो निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

दैनिकी न्यूज

२६, श्रावण २०७८
उपत्यकामा थपियो निषेधाज्ञा, बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ।

उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि अतिआवश्यक बाहेकका सवारी साधन चल्न नदिने निर्णय लिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको बताए।

सिडिओहरूको बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको प्रजिअ निरौलाले बताए।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १५:३९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology