Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

दैनिकी न्यूज

२६, श्रावण २०७८
मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु
images

काठमाडौं । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

नवलपरासीको बर्दघाटमा सोमबार राति साढे आठ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट वाग्ले गम्भीर घाइते भएका थिए । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ घर भएका ४३ वर्षीय वाग्लेको सोमबार राति ११ बजे भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए।

वाग्लेलाई सोमबार पूर्व–पश्चिम महेन्द्र राजमार्गको बर्दघाटको त्रिवेणी चोक नजिकै पैदल हिँडिरहेको अवस्थामा लु १४ प ८७५८ नम्बरको को मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका वाग्लेको स्थानीय प्राथमिक उपचार केन्द्रमा उपचारपछि युनिभर्सल मेडिकल कलेज ल्याइएको थियो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नं. १ का दिपेन्द्र पुन मगर पनि गम्भिर घाइते छन् ।

उनको पनि सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०७:५५:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology