Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मनसुनी रेखा नेपालनजिक आउँदै, केही दिन भारी वर्षाको सम्भावना

मनसुनी रेखा नेपालनजिक आउँदै, केही दिन भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

२६, श्रावण २०७८
मनसुनी रेखा नेपालनजिक आउँदै, केही दिन भारी वर्षाको सम्भावना
images

काठमाडौं । केही दिनयता मत्थर देखिएको वर्षा पुनः बढ्ने सम्भावना देखिएको छ। साउन २७ गतेबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सकृय भई बिहिबारदेखि केही दिन धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनि प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा भारीरधेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले उक्त प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिनसमेत विभागको अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण २६ गते (मंगलबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २७ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र  लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १  र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २८ गते बिहिबार)

दिउँसो: देशका अधिकाँश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशका अधिकाँश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र  लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही  प्रदेश १, लुम्बिनी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - ०७:४२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology