Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बहुमुल्य धर्मग्रन्थका नाममा १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ

बहुमुल्य धर्मग्रन्थका नाममा १३ लाख ७९ हजार ठगी गर्ने दुई जना पक्राउ

दैनिकी न्यूज

२२, श्रावण २०७८
बहुमुल्य धर्मग्रन्थका नाममा १३ लाख ७९ हजार ठगी गर्ने दुई जना  पक्राउ
images

काठमाडौं । बौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमुल्य ग्रन्थ देखाएर ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

प्राचिन पुरातात्विक बौद्ध ग्रन्थ ३ करोड ८५ लाख रुपैयाँमा बिक्री गर्ने भनी बहाना बनाएर १३ लाख ७९ हजार रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले २ जनालाई पक्राउ गरेको हो।

धर्म ग्रन्थका नाममा प्रलोभनमा पारी नगद ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भई काठमाडौं कलबारी बस्ने २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका–७ घर भई चाबहिल बस्ने ३० वर्षीय रजिन राईलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनीहरुले साउन १४ गते उदयपुर चौदण्डिगढी नगरपालिका–८ घर भई गोकर्णेश्वर नगरपालिका–८ आरुबारी बस्ने हेम प्रकाश मगरबाट उक्त रकम ठगी गरेको महाशाखाले जनाएको छ। उनीहरुलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

Object 1.JPG

Object.JPG

 

 

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १५:०१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology