Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कुलमान फेरि हुनेभए विद्युत प्राधिकरणको सिइओ

कुलमान फेरि हुनेभए विद्युत प्राधिकरणको सिइओ

दैनिकी न्यूज

१९, श्रावण २०७८
कुलमान फेरि हुनेभए  विद्युत प्राधिकरणको सिइओ
images

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत ( सिइओ) मा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २०:५८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology