Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कोरोनाले त्रिविको परीक्षा नरोकिने, निर्धारित मितिमै संचालन हुने

कोरोनाले त्रिविको परीक्षा नरोकिने, निर्धारित मितिमै संचालन हुने

दैनिकी न्यूज

१९, श्रावण २०७८
कोरोनाले त्रिविको परीक्षा नरोकिने, निर्धारित मितिमै  संचालन हुने
images

काठमाडौं । कोरोनाको कारण निर्धारण गरिएको कुनै परीक्षा नरोकिने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सुरु हुने जनाएको हो । पुरानो कोर्सको स्नातक तह तीन वर्षे र चार वर्षे तथा स्नातकोत्तर तहको परीक्षा सुचारु छ । कोभिड–१९ महामारीको कारण लामो समयदेखि रोकिएका परीक्षा लिनैपर्ने बाध्यता रहेको नियन्त्रक पुष्पराज जोशीले बताए । ‘१९ महिनादेखि रोकिएको परीक्षा सुचारु राखेका हौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘निर्धारित तालिकाअनुसार सबै परीक्षा सुचारु रहन्छ ।’ स्नातकमा ३० हजार र स्नातकोत्तर तहका ४२ हजार परीक्षार्थी रहेका छन् । जसमा व्यवस्थापन संकायको एक विषय, विज्ञान र शिक्षाशास्त्रका दुई–दुई विषय बाँकी रहेका छन् । उक्त परीक्षा यही साउन २४ गते सकिने छ । त्यसैगरी मानविकीतर्फ स्नातक ३ र ४ वर्षे कोर्सको परीक्षा साउन २९ गते सकिने नियन्त्रक जोशीले जनाएका छन् । वार्षिक प्रणालीअन्तर्गतका एलएलबी पहिलो र दोस्रो वर्षको परीक्षा भदौ ११ र २७ गतेबाट हुने तालिका छ । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आगामी असोजभित्र परीक्षा लिइने समेत जनाइएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २०:३४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology