Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौं उपात्यकामा निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं उपात्यकामा निषेधाज्ञा एक साता लम्बियो

दैनिकी न्यूज

१९, श्रावण २०७८
काठमाडौं उपात्यकामा निषेधाज्ञा एक साता लम्बियो
images

काठमाडौं । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बिएको छ।

जिल्ला प्रशासन कार्याल काठमाण्डौले काठमाडौंमा साउन २१ गतेबाट साउन २७ गतेसम्म एक साता निषेधाज्ञा थप गरिएको सूचना जारी गरेको हो। यसअघि लागू निषेधाज्ञाको अवधिमा साउन २० गते राति १२ बजेदेखि सकिँदैछ।

निषेधाज्ञाका बेला औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्ने दिइने भएको छ। अन्य पसल तथा व्यवसायहरु भने साँझ ७ बजेसम्म खोल्न पाइनेछ। पसल व्यवसाय सञ्चालन गर्दा कम्तीमा २ मिटर भौतिक दूरी कायम गर्नुपर्नेछ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेस्टुरेन्ट तथा फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागिमात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधन स्वीकृत सिट क्षमताअनुसार चलाउन पाइनेछ। यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने दैनिक रुपमा सवारीसाधन स्यानिटाइज गर्नुपर्नेछ।

मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन पनि स्वास्थ्य मापदण्डको पूर्ण पालनाका साथ सञ्चालन गर्न पाइनेछ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिस भेला जम्मा हुन पाइने छैन। परीक्षार्थीको भौतिक दूरी कायम गर्नुपर्नेछ भने अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ।

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहारी, स्विमिङ पुल, मनोञ्जन स्थल, संग्राहलय, रंगशालाजस्ता भीडभाड हुने स्थान खोल्न पाइने छैन। खुला स्थानमा मानिसको भेला, भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न र गराउन पाइने छैन।

शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने छैन।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - १७:४१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology