ललितपुर । ललितपुर । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले जथाभावी सवारी साधन पार्किङ गर्ने सवारी चालकलाई कारवाही गरिएको छ ।
सोमबार ललितपुरको लगनखेलदेखि कुमारीपाटीसम्म जथाभावी पार्किङ गर्ने २५५ सवारी साधनका चालकलाई कारवाही गरिएको परीसर प्रमुख, प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए ।
परिसरमा हाजिर भएदेखि नै निरन्तर रुपमा ट्राफिक नियम सुधारमा लागि परेका शाही पछिल्लो समय ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो र महालक्ष्मीस्थानमा सडक वत्तीसमेत राखिसकेका छन् ।

उनले सानेपादेखि बालकुमारीसम्म दुवै साइडमा सर्भिस लेनमा निर्माण सामग्री बोकेका सवारी साधन (टिप्पर, मिनिट्रक र अन्य सबै निर्माण सामग्री बोकेका) असार १७ गतेदखि शुरुवात गरेको शाही बताउँछन् । उनले भने, ‘यसले ८० प्रतिशत दुर्घटनामा कमी आएको छ ।’ फाष्टट्राक सडक समेत दुर्घटना नभएको, निर्माण सामग्री बोकेका साधन नहिडेपछि सफा भएको शाहीले बताए ।
यस अघि शाही नेतृत्वको टिम सडक जोखिम रहेका खाल्डाखुल्डी पुर्ने काममा आफै अग्रसर भएर बनाएका थिए । सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधि बारे क्लाससमेत शाहीले दिएका थिए ।


