काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) को कारवाहीका आधारमा संघीय सांसदबाट पदमुक्त भएका ४ नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको भनेको छ ।
चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।