Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कर्णाली प्रदेशका ४ सांसदमाथि गरेको कारबाही सर्वोच्च अदालतद्वारा सदर

कर्णाली प्रदेशका ४ सांसदमाथि गरेको कारबाही सर्वोच्च अदालतद्वारा सदर

दैनिकी न्यूज

१८, श्रावण २०७८
कर्णाली प्रदेशका ४ सांसदमाथि गरेको कारबाही सर्वोच्च अदालतद्वारा सदर
images

काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेकपा (एमाले) का ४ जना सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि भएको अन्तरिम आदेश खारेजीको माग गर्दै दिएको भ्याकेटमा सुनुवाइ गर्दै अदालतले कारबाही सदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भ्याकेट निवेदकको माग बमोजिम हुने फैसला गरेको सर्वोच्च प्रशासनले जनाएको छ।

नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - १७:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology