रौतहत । पछिल्लो समय चन्द्रनिगाहपुरका होटेलहरुमा जुवातास खेल्ने क्रम बढेको छ । जिल्लाका बिभिन्नबाट आएर चन्द्रनिगाहपुरको होटेलहरुमा जुवा तास खेल्ने क्रम बढेको हो । शनिबार चन्द्रनिगाहपुरको होटेल अशोकाबाट तास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् ।

उनीहरु अशोका होटेलको रुम नम्बर ३०१ मा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् । उनीहरुको साथबाट उनीहरुले खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, वाइल्ड किङ लेखिएको रातो निलो रंगको सिल प्याक तास बुक ८ थान वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए ।
प्रहरीले सो स्थानबाट नगद २ लाख ७९ हजार ६९० रुपैया वरामद गरेको शाहले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।