Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट

दैनिकी न्यूज

१४, श्रावण २०७८
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।

बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। आजै गठबन्धन बैठक गर्ने भने पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्रै छलफल भएको हो।

गत असार २९ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवा नेतृत्वको मन्त्रिमण्डलले अझै पूर्णता पाउन सकेको छैन।

अहिलेसम्म सरकारमा बांग्रेबाट बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् भने माओवादीबाट जनार्दन अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।

 

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १०:५१:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology