Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पुनर्बहालीको माग गर्दै माओवादीले हटाएका ४ नेता सर्वोच्च अदालतमा

पुनर्बहालीको माग गर्दै माओवादीले हटाएका ४ नेता सर्वोच्च अदालतमा

दैनिकी न्यूज

१३, श्रावण २०७८
पुनर्बहालीको माग गर्दै माओवादीले हटाएका ४ नेता सर्वोच्च अदालतमा
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो । चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् ।

२०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १७:००:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology