Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यस्तो छ तीन दिनको मौसम

यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

१३, श्रावण २०७८
यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको छ।

देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ श्रावण  १३ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण  १४ गते (विहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०८:४३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology