Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आयोगद्वारा जसपाको आधिकारिकता यादव पक्षलाई

आयोगद्वारा जसपाको आधिकारिकता यादव पक्षलाई

दैनिकी न्यूज

११, श्रावण २०७८
आयोगद्वारा जसपाको आधिकारिकता यादव पक्षलाई
images

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।

सोमबार आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए। डिल्ली बजार कारागारमा रहेका चौधरीलाई कडा सुरक्षाबीच आयोगमा उपस्थित गराइएको थियो तर उनले दुबै पक्षमा सनाखत गरेनन्।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १९:३४:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology