काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवाद निर्वाचन आयोगले निरुपण गरिरहँदा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्यले सनाखत गरेका छन्।
निर्वाचन आयोगले गरिरहेको ‘हेड काउन्ट' का क्रममा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मनीषकुमार सुमन र राजकिशोर यादव पनि यादवतिर लागेका छन्। यादव यसअघि केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए भने मनीष सुमन प्रदेश २ का सांसद हुन्।
५१ सदस्यीय कार्यकारिणी सदस्य रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष यादवले जानकारी दिए।