Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कांग्रेसको वडा तहको अधिवेशन स्थगित

कांग्रेसको वडा तहको अधिवेशन स्थगित

दैनिकी न्यूज

९, श्रावण २०७८
कांग्रेसको वडा तहको अधिवेशन स्थगित
images

काठमाडौं । नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ। साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो।

शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको कांग्रेसले जनाएको छ ।

कोरोनाले कतिपय जिल्लामा तयारी नपुगेको र केन्द्रीय क्रियाशील छानबिन समितिले साउन १२ गते बिहान प्रतिवेदन पेश गर्ने भएकोले त्यसपछि मात्र वडा अधिवेशन मिति तोकिने कांग्रेसले जनाएको छ ।

कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - २०:३६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology