Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

गण्डकी प्रदेशमा भोलि शुक्रवार मन्त्रीमण्डल बिस्तार

गण्डकी प्रदेशमा भोलि शुक्रवार मन्त्रीमण्डल बिस्तार

दैनिकी न्यूज

७, श्रावण २०७८
गण्डकी प्रदेशमा भोलि शुक्रवार मन्त्रीमण्डल बिस्तार
images

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले सरकार गठन भएको एकमहिनापछी पूर्णता पाउने भएको छ । शुक्रबार गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए ।

बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेपछि रोकिएको थियो । कांग्रेस, माओवादी र जसपाले साँझ मन्त्रालयको टुंगो लगाएर पठाएको छ । मन्त्रालयको टुंगो लागे पनि मन्त्रीको भने अझै टुंगो लागेको छैन । आन्तरिक विवाद र आकांक्षी बढी भएका कारण कांग्रेसले मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर, माओवादी केन्द्रले भने मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रीको टुंगो लगाएको छ । माओवादीले अर्थमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वनमा दीपक घर्तीलाई पठाउने भएको छ । प्रवक्ता खड्काले शुक्रबार दिउँसो १ बजे शपथ कार्यक्रम तय भएकाले त्यस समयसम्म मुख्यमन्त्रीले कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने बताए । उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित कांग्रेसलाई भौतिक पूर्वाधार विकास, शिक्षा संस्कृति प्रविधि तथा सामाजिक विकास, पर्यटन र कानुन मन्त्रालय पाउने भएको छ भने, माओवादीलाई अर्थ, कृषि, वन र स्वास्थ्य, जसपालाई उर्जा र स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय लिने गरी टुंगो लागेको हो ।

यसभन्दा अघि कांग्रेसका कुमार खड्काले सामाजिक, माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यले उर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकुद मन्त्रालयको जिम्मेवारी समालिसकेका छन् ।

images
प्रकाशित मिति :श्रावण ७, २०७८ बिहिवार - २३:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology