Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मौसम पूर्वानुमानः लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा

मौसम पूर्वानुमानः लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा

दैनिकी न्यूज

६, श्रावण २०७८
मौसम पूर्वानुमानः लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज लुम्बिनी, गण्डकी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू–भागमा भू–क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

बुधबार बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक९दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन ६ गते ( बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ७ गते ( बिहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ८ गते ( शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी  भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris low) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०७:२५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology