Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज पनि बस्दैछ एमाले केन्द्रीय कमिटी बैठक

आज पनि बस्दैछ एमाले केन्द्रीय कमिटी बैठक

दैनिकी न्यूज

५, श्रावण २०७८
आज पनि बस्दैछ एमाले केन्द्रीय कमिटी बैठक
images

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

तुलसीलाल प्रतिष्ठान भवन च्यासल, ललितपुरमा दिउँसो ३ बजे बस्ने बैठकमा कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले विश्वासको मत दिएका थिए । 

केन्द्रीय कमिटी बैठकमा नेता नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ 

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १०:५२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology