काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको अनुशासन उल्लंघन गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
यस्तै, बैठकले पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलले जुटाएको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार १०बुँदे सहमतिलाई अनुमोदन गर्दै पार्टीलाई एकताबद्ध रुपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।