काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएको थिए। उनले आज नै विश्वासको मत लिँदैछन्।