Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता

दैनिकी न्यूज

३०, आषाढ २०७८
खुमलटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लवसँगै नेकपा माओवादीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला केही सहयोगीका साथ बुधबार खुमलटार पुगेका हुन् ।

प्रचण्ड र विप्लवको भेटमा पूर्व माओवादी घटक एकताको विषयमा छलफल भएको स्रोतको दाबी छ । प्रचण्ड निकट स्रोतका अनुसार कम्युनिस्ट ध्रुविकृत गर्ने विषयमा प्रचण्ड र विप्लवबीच कुराकानी भएको हो ।

प्रचण्ड र विप्लवबीचको भेटमा नेता बाँस्तोलासँगै डिबी बराल, पूर्वमाओवादी बाल सैन्य संगठनका अध्यक्ष लेलिन विष्टलगायत खुमलटार पुगेका थिए ।

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - २०:४९:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology