Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सार्वजनिक सवारी साधनमा २८ प्रतिशतसम्म भाडा बढ्यो

सार्वजनिक सवारी साधनमा २८ प्रतिशतसम्म भाडा बढ्यो

दैनिकी न्यूज

३०, आषाढ २०७८
सार्वजनिक सवारी साधनमा २८ प्रतिशतसम्म भाडा बढ्यो
images

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ।

दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा. भुसालले बताए।

वि.सं. २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उनले बताए। उनले भने, “सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो।”

images
प्रकाशित मिति :आषाढ ३०, २०७८ बुधवार - २०:३४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology