काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलवार अपरान्ह प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
उहाँले संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । सपथ ग्रहणको समय भने मंगलवार साँझ ६ बजेलाई निर्धारण गरिएको छ ।
सर्वोच्च अदालतले सोमवार प्रतिनिधि सभा पुनः स्थापना गर्दै सो पार्टीका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। देउवाको प्रधानमन्त्री पदको कार्यकाल पाँचौं पटक हो ।
प्रधानमन्त्रीको रुपमा देउवाले आज साँझ ६ बजे शपथ गर्ने भएका छन्। प्रधानमन्त्रीको रुपमा देउवालाई आज ६ बजे शपथ गराउने राष्ट्रपति विद्यदेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।