काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । शुक्रबार विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुने भएका छन् । पार्टीभित्र अन्तरविरोध चलिरहँदा वामदेव भने स्वतन्त्र भूमिकामा रहेका छन् ।
नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागि हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागि हुन लागेको उनको सचिवालयले जनाएको छ।