Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यसकारण देउवालाई प्रधानमन्त्री बनाउन दलीय ह्वीप लाग्दैन

यसकारण देउवालाई प्रधानमन्त्री बनाउन दलीय ह्वीप लाग्दैन

दैनिकी न्यूज

११, आषाढ २०७८
यसकारण देउवालाई प्रधानमन्त्री बनाउन दलीय ह्वीप लाग्दैन
images

काठमाडौं । अधिवक्ता टीकाराम भट्टराईले संविधानको धारा ७६ (५) ले सांसदहरूलाई सरकार गठन गर्ने विशेष अधिकार दिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइका क्रममा बहस गर्दै भट्टराईले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त गर्दा दलीय ह्वीप लाग्न नहुने बताएका हुन् । 

संवैधानिक इजलासमा शुक्रबारको सुनुवाइका क्रममा अधिवक्ता भट्टराईले भने, 'संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएको ३० दिनसम्म संसद्मा सत्ता र विपक्ष छुट्याउन हुन्न । धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीलाई समर्थन गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई दलीय ह्वीप लाग्न सक्दैन । त्यसरी नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिन्जेलसम्म ह्वीप लाग्न सक्दैन र कारबाही हुन सक्दैन ।'

संविधानको उक्त व्यवस्थाले सांसदहरूलाई विशेष अधिकार दिएको उनले बताए । दलहरू सरकार गठन गर्न असफल भएमा संसद् विघटन नहोस्, संसद् नै असफल नहोस् भनेर सांसदहरूलाई त्यस्तो विशेष अधिकार दिएको भट्टराईको तर्क थियो । 'संविधानको धारा ७६ उपधारा ५ मा सांसदहरूलाई विशेष अधिकार दिएको छ । संविधानले दिएको अधिकार दल त्यागसम्बन्धी ऐनले नियन्त्रण गर्न सक्दैन,' उनले भने ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २२:४५:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology