काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा रिक्त २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन् । संवैधानिक परिषद्को सिफारिसमा पदाधिकारीहरु नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । लोकसेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४२ को उपधारा (२) बमोजिम रेग्मीसहित लोकसेवा आयोगमा ५ जना पदाधिकारीहरु नियुक्त भएका छन् । आयोगको सदस्यहरुमा माधव बेल्वासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त भएका हुन् । संविधानको धारा २३८को उपधार २ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ (ब्यान्जू)लाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ निर्वाचन आयोगको निर्वाचन आयुक्तमा सगुन शमशरे जबरा नियुक्त भएका छन् । राष्ट्रिय समावेशी आयोगममा डा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् ।