Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

भदौ १६ देखि कांग्रेस महाधिवेशन

भदौ १६ देखि कांग्रेस महाधिवेशन

दैनिकी न्यूज

३०, जेठ २०७८
भदौ १६ देखि कांग्रेस महाधिवेशन
images

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

यसअघि ७ भदौदेखि गर्ने गरी महाधिवेशनको मिति तोकिएको थियो । कांग्रेसले यो प्रस्तावलाई अब केन्द्रीय समितिमा लैजाने भएको छ । बैठकले असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय पनि गरेको छ । यसैगरी, असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने भएको छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - ०५:५८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology