Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मनसुन भित्रियो, आगामी साता अझै सक्रिय हुने

मनसुन भित्रियो, आगामी साता अझै सक्रिय हुने

दैनिकी न्यूज

२९, जेठ २०७८
मनसुन भित्रियो, आगामी साता अझै सक्रिय हुने
images

काठमाडौं । नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो ।

नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको न्यून चापीय क्षेत्रका कारण नेपालमा मनसुन भित्रिएको हो । यस वर्ष प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा एकै पटक वर्षा हुन थालेको छ ।

न्यून चापीय क्षेत्र फैलिने क्रममा रहेकाले अर्को सातासम्ममा नेपालको सम्पूर्ण क्षेत्रमा पुग्ने र त्यसपछि अधिकांश भू–भागमा केही दिन अविरल वर्षा हुने महाशाखाको अनुमान छ । आगामी साता मनसुन अझ सक्रिय भएर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

images
प्रकाशित मिति :जेठ २९, २०७८ शनिवार - ०७:५०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology