Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

दैनिकी न्यूज

२८, जेठ २०७८
निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय सवारी साधन प्रहरीको नियन्त्रणमा
images

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८ सय ४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मध्ये १ हजार २ वटा गाडी र २ हजार ८ सय ४० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

साथै नयाँ भेरिएन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार २ सय ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ५० जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६६ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा ४ हजार ९ सय ७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित ८० वटा माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय ९४ जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।

images
प्रकाशित मिति :जेठ २८, २०७८ शुक्रवार - २१:१९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology