Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रदेश २ को सरकारमा काङ्ग्रेसको प्रवेश

प्रदेश २ को सरकारमा काङ्ग्रेसको प्रवेश

दैनिकी न्यूज

२६, जेठ २०७८
प्रदेश २ को सरकारमा काङ्ग्रेसको प्रवेश
images

 जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । बुधबार साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार राति शपथ ग्रहण गराएका छन् । नवनियुक्त मन्त्रीहरुमा रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

images
प्रकाशित मिति :जेठ २६, २०७८ बुधवार - २२:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology