Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

दैनिकी न्यूज

२५, जेठ २०७८
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
images

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन्। 

आज बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन्। ५२ सदस्यीय प्रदेशसभा बैठकमा भट्टले ३०  मत प्राप्त गरे भने विपक्षीमा ९ मत खस्यो। एमालेको नेपाल समूह भट्टको पक्षमा भोट हाल्यो भने नेपाली कांग्रेस तटस्थ बसेको थियो। यस्तै नेकपा एमालेको ओली समूहका ७ जना सांसद र जसपाका दुई सांसदले भने विपक्षमा भोट हालेका थिए।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - १३:५१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology