Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त

उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त

दैनिकी न्यूज

२३, जेठ २०७८
उपेन्द्रलाई भेटे लगत्तै चार मन्त्री बर्खास्त
images

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ४ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । जनता समाजवादी पार्टी ( जसपा) नेता समेत रहेका राउतले आइतबार पुर्व राजपा पक्षका ४ मन्त्री हटाएका हुन् । सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै ऊनीहरुलाइ हटाइएको हो । बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । ४ जना महन्थ ठाकुर- राजेन्द्र महतो पक्षका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् । अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओ‍वादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २२:५८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology