Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रधानमन्त्री ओलीकै नेताहरूले जलाए उपप्रधानमन्त्री महतोको पुत्ला

प्रधानमन्त्री ओलीकै नेताहरूले जलाए उपप्रधानमन्त्री महतोको पुत्ला

दैनिकी न्यूज

२२, जेठ २०७८
प्रधानमन्त्री ओलीकै नेताहरूले जलाए उपप्रधानमन्त्री महतोको पुत्ला
images

काठमाडौं । नेकपा एमालेको झलनाथ- माधव नेपाल निकट विद्यार्थी संगठनले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला जलाएका छन् । शनिबार काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै खनाल नेपाल पक्षीय अनेरास्ववियुले महतोको पुत्ला दहन गरेको हो । महतोले शुक्रबार ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिए उनीहरुले पुत्ला जलाउनुको क्रममा महतोलाई राष्ट्रघाती भन्दै नारा समेत लगाएका थिए । अनेरास्ववियुकी महासचिव आरती लामाका अनुसार त्यसक्रममा प्रहरी र विद्यार्थी समूहबीच केही समय धकेला-धकेल समेत भएको थियो। प्रहरीले खनाल नेपाल पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदीप पराजुली महासचिव आरती लामा, केन्द्रीय सदस्य तपेन्द्रजंग शाही, अशोक थापा, मेघनाथ चपागाई,अमर पुन, हर्क बम महेश श्रेष्ठ, लक्ष्मी क्षेत्री, आकाशलगायत ११ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा लगेको थियो । अहिले आफूहरु रिहा भइसकेको लामाले रातोपाटीलाई जानकारी दिइन् ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - २३:०४:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology