Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

स्यानिटाइजर कालोबजारी गरेको आरोपमा ग्वार्कोबाट दुई युवक पक्राउ

स्यानिटाइजर कालोबजारी गरेको आरोपमा ग्वार्कोबाट दुई युवक पक्राउ

दैनिकी न्यूज

२१, जेठ २०७८
स्यानिटाइजर कालोबजारी गरेको आरोपमा ग्वार्कोबाट दुई युवक पक्राउ
images

ललितपुर । ह्यान्ड स्यानिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार प्रहरीले महालक्ष्मी नगरपालिकाको ग्वार्कोस्थित ओम निरमाया हेल्थ केयर प्रा. लि. का दुई जना सञ्चालकलाई पक्राउ गरेको हो।

उनीहरूले मापदण्ड विपरीत स्यानिटाइजर बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका वडा नम्बर १४ घर भइ महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा छन्।

उनीहरूबाट प्रहरीले २४० लिटर ह्यान्ड स्यानिटाइजर बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले कालो बजार तथा सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ।

2 (8).JPG

 

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २०:३०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology