Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन

संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन

दैनिकी न्यूज

२१, जेठ २०७८
संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन
images

काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । उनले आफ्नै अध्यक्षतामा इजलास गठन गरेका हुन् ।

इजलासमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका विषयमा विवाद भएको थियो । जेठ १८ गते प्रधानन्यायाधीश जबराले आगामी दिनमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास गठन गर्ने बताएका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ हुनेछ । त्यसका लागि पनि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश राखेर विवाद निरुपण गर्ने बताएका थिए ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् ।

उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका थिए ।

नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - १२:४१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology