काठमाडौं । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रहेका कृष्ण थापा पदमुक्त भएका छन्।
जनमोर्चाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले थापालाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
उनलाई सांसदबाट हटाएको जानकारी प्रदेशसभा सचिवालयमा दिएपछि आज प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनी पदमुक्त भएको पत्र पढेर सुनाए।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए ।
थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।