Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल एयरलाइन्सका एयर होस्टेसमाथि अन्याय, जन्मदिन मनाउँदा कारबाही

नेपाल एयरलाइन्सका एयर होस्टेसमाथि अन्याय, जन्मदिन मनाउँदा कारबाही

दैनिकी न्यूज

२०, जेठ २०७८
नेपाल एयरलाइन्सका एयर होस्टेसमाथि अन्याय, जन्मदिन मनाउँदा कारबाही
images

काठमाडौं । जहाजमा केक काटेर जन्मदिन मनाएको वहाना बनाउँदै नेपाल वायुसेवा निगमले चार जना एयर होस्टेसमाथि अनावश्यक कारबाही गरेको छ । निगमका कार्यकारी निर्देशक डिम प्रकाश पौडेलले व्यक्तिगत प्रतिशोध राख्दै निलिमा शाही, पुर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मामाथि कारबाही गरेका हुन् ।

उनीहरुलाई तीन महिनाको लागि भुमिस्थ (उडान रोक्का) गरिएको छ । तर उडानमा सँगै रहेका सुमिली सुब्बा जुहार्चनलाई भने कारबाही गरिएन । जो उडानको चिफ अफ क्याबिन क्रू थिइन । एउटै उडानमा रहेर पनि जुहार्चनलाई कारबाही नभएपछि अन्य एयर होस्टेसहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेका छन् । सो दिन उक्त उडानमा ८ जना क्याबिन क्रू थिए । जसले पालैपालो ड्युटी गरेका थिए । त्यसमध्ये चार जनामाथि कारबाही भएको छ । उनीहरुले बिना कारण आफूहरुमाथि कारबाही भएको बताएका छन् । कारबाहीमा परेकी सोफिया शर्मा केक काट्ने बेलामा जहाजको ढोकामै ड्युटी गरिरहेकी थिइन । तर, उनीसहित चार जना एयर होस्टेसहरुलाई निगमले जर्वजस्ती कारबाही गरेको छ । जागिरे अवस्थाका कारण सावधानी अपनाएर जन्मदिन मनाउँदा अनावश्यक कारबाहीको फन्दामा परेको उनीहरुको भनाई छ । ‘एउटै फ्लाइटमा रहेका सबैलाई समान कारबाही हुनुपर्ने हो, हामीले ड्युटी छाडेर जन्मदिन मनाएका होइनौं, यो कारबाही गर्नुपर्ने कारण पनि होइन, केक नकाट्नु भनेर मापदण्ड नै बनाइएको छैन,’ एक विमान परिचारिकाले भनिन् । उनले सामान्य वहानामा कारबाहीमा पारिएको बताइन् । यसअघि डाइरेक्टरले नै यसरी नै केक काट्दा कारबाही नभएको तर आफूहरुले भने ठूलो कारबाही भएको उनको भनाई छ ।

निगममा कार्यकारी निर्देशक डिम प्रकाश पौडेलले कारबाहीको कारण कोभिडलाई देखाए । उनले यो बेलामा केक काट्न नपाइने नियम रहेकोले कारबाही गरिएको जवाफ दिए । तर निगमले बनाएको कोभिड उडान मापदण्डभित्र केक काट्न नपाउने भन्ने व्यहोरा उल्लेख छ्रैन । आफूलाई चित्त नबुझेको र प्रतिशोध साधेर अनावश्यक कारबाही गरेको इअर होस्टेसहरुले बताएका छन् । तर, पौडेल कोभिडको वहाना बनाउँदै पन्छिन खोजे । उनले कारबाही गरिनुको अन्य कारण बताउन सकेनन् । उनले भने, ‘यो कोभिड प्रोटोगल भित्रको कारबाही हो, कोभिड भन्दा अघि केक काट्न पाइन्थ्यो, कोभिडको बेलामा हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका छौं, अरु केही होइन ।’ उनले यसअघि अपरेशन डाइरेक्टर दिपु राज जुहार्चनले उडानमा केक काटेकोबारे आफूलाई जानकार नभएको बताए । पौडेलले सोही उडानमा रहेका सुमिली सुब्बा जुहार्चनलाई कारबाहीबाट जोगाएका छन् । यसरी अनावश्यक कारबाहीमा पर्दा एयर होस्टेसहरु निरुत्साहित भएका छन् ।

यसरी जहाजमा जन्मदिन मनाएको यो पहिलो रेर्कड भने होइन ।

cake air 1.jpg

यसरी जहाजमा जन्मदिन मनाएको यो पहिलो रेर्कड भने होइन । नेपाल वायुसेवा निगमका अपरेसन डाइरेक्टर दिपु राज जुहार्चनले नै जहाजमा जन्मदिन मनाएका थिए । अपरेसन डाइरेक्टरले याङयुङबाट काठमाडौंको उडानका क्रममा केक काटेका थिए । उक्त फुटेज बाहिरिएको थियो । त्यतिबेला उनीमाथि निगमले कुनै कारबाही गरेन । अहिले उनैले सोही वहानामा परिचारिकाहरुको टिमलाई कारबाही गरेका छन् ।

९ एन एकेएक्स (न्यारोबडी) जहाज गत बैशाख १४ गते काठमाडौँबाट दुबईका लागि उडेको थियो । सोही जहाजमा रहेका विमान रिचारिकाहरुले आफ्नो साथीको जन्मोत्सव मनाउने तयारी गरेका थिए । त्यस दिन सिनियर एअर होस्टेस निलीमा शाहीको जन्मदिन थियो । जहाज ३५ हजार फिटको उचाईमा रहेको बेला केक काटिएको थियो । सामान्यतया जहाजमा केके काट्नु नराम्रो मानिँदैन । यसअघि कैयौंपटक पाइलट र एअर होस्टेसहरुले जन्मदिन मनाएका छन् । ग्याली नं. १ (ककपिटपछाडि र बिजनेस क्लास अगाडिको खाली ठाउँ) मा केक काटिएको थियो । फस्ट पाइलट अरविन्दराज पहाडी र कोपाइलट राकेश काफ्लेलाई पनि केक दिइएको थियो । सो उडानमा चारजना पाइलट थिए । जसमा दुई जना सुतेर जाने, दुई जना उडाएर जाने गरेका थिए । कोभिड–१९ को समयमा पाइलटहरु अरु देशका होटलमा बस्ने अवस्था नभएकोले पालोपालो उडान भर्नको लागि चार जनासम्म जाने गर्छन् । त्यसदिन चिफ एयर होस्टेस सुमिली जुहार्चन (चिफ अफ क्याबिन क्रू) पनि थिइन् ।

 

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०७:१५:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology