Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

मौसम पूर्वानुमानः देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

मौसम पूर्वानुमानः देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

दैनिकी न्यूज

१५, जेठ २०७८
मौसम पूर्वानुमानः देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

हाल देशमा चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिलेभीरपाखा ,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न÷बचाउन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १५ गते  (शनिबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ १६ गते  (आईतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का  १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ १७ गते  (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको छ।बागमती र प्रदेशका १ का १/२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - ०८:१५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology