Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने

दैनिकी न्यूज

१२, जेठ २०७८
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने
images

काठमाडौं । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । साथै एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन जारी गरिएको थियो । तर केन्द्रको निर्देशनलाई चुनौती दिँदै प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।


५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । ुसभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । तीनै जना माधवकुमार नेपाल समूह पक्षधर हुन् ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १४:१६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology