Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च अदालत

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च अदालत

दैनिकी न्यूज

११, जेठ २०७८
प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च अदालत
images

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले यस्तो बताएका हुन् ।

केही सञ्चार माध्यमले प्रधानमन्त्री केपी ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणबीच भेटवार्ता भएको समाचार प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै सहप्रवक्ता ढकालले विज्ञप्तिमार्फत प्रष्ट पारेका हुन् ।

सर्वोच्च अदालतले समाचारमा सत्यता नभएको र यसले न्यायपालिकाको स्वच्छता एवम् यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने भन्दै खेद व्यक्त गरेको छ ।

सर्वोच्चले यस प्रकारका कार्य संविधान कानुन र पत्रकार आचारसंहिताको प्रतिकुल हुने भन्दै सचेत गराउँदै भ्रमपूर्ण कपोकल्पित समाचारको भ्रममा नपर्न अनुरोध गरेको छ ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सर्वोच्चले सार्वजनिक भएका समाचारमा सत्यता नभएको भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ।

images
प्रकाशित मिति :जेठ ११, २०७८ मंगलवार - १६:१२:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology