Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल प्रहरीका डिएसपी खरेलको कोरोना संक्रमणबाट निधन

नेपाल प्रहरीका डिएसपी खरेलको कोरोना संक्रमणबाट निधन

दैनिकी न्यूज

१०, जेठ २०७८
नेपाल प्रहरीका डिएसपी खरेलको कोरोना संक्रमणबाट निधन
images

काठमाडौं । नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नधिन भएको छ। महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारमा रहेका खरेलको सोमबार निधन भएको हो।

उनको जन्म २०३१ साल मंसिर २९ गते काभ्रे जिल्लाको साविक खरेलथोकमा भएको हो ।

खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। २०७१ मंसिर ५ मा उनी इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका थिए । यो व्याजका डिएसपीहरु अब हुने बढुवामा एसपी हुँदैछन् ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए ।

केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको पनि कोरोना संक्रमणबाट निधन भएको थियो।

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १७:२४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology