काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले स्थायी समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले विपक्षी गठबन्धनको सरकार बनाउन हस्ताक्षर गरेका २६ मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, नीरादेवी जैरू, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोधेको थियो ।
यता विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् ।
प्रतिनिधिसभा विघटन, निर्वाचन घोषणा, विपक्षी गठबन्धनको कसरत तथा पार्टीको आन्तरिक विवादलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।