Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बंगालको खाडीमा अति शक्तिशाली चक्रवात बन्दै, नेपालमा सतर्कता अपनाउन मौसमविद्को आग्रह

बंगालको खाडीमा अति शक्तिशाली चक्रवात बन्दै, नेपालमा सतर्कता अपनाउन मौसमविद्को आग्रह

दैनिकी न्यूज

१०, जेठ २०७८
बंगालको खाडीमा अति शक्तिशाली चक्रवात बन्दै, नेपालमा सतर्कता अपनाउन मौसमविद्को आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मौसमी सम्बन्धी विशेष बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज (सोमबार) चक्रवातमा परिणत भई भोली (मंगलबार) सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ। उक्त चक्रवातको केहि असर नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेको छ।

सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले अनुरोध गरेको छ।

देशका धेरै स्थानहरुमा बुधबार (जेठ १२ गते) बाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार (वैशाख १३ गते) कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन हुन अनुरोध छ।

यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ १० गते (सोमबार)

दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७८ जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १२ गते (बुधबार)

दिउँसो: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

राती: प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षा को सम्भावना रहेको छ।

 

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - १२:२८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology