Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

दैनिकी न्यूज

९, जेठ २०७८
राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी
images

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको उल्लेख गरिएको छ ।

केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ।

मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

images
प्रकाशित मिति :जेठ ९, २०७८ आइतवार - १८:२०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology