Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने

राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने

दैनिकी न्यूज

८, जेठ २०७८
राष्ट्रपतिको कदमविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक लडाइँ लड्ने
images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पछिल्लो कदमविरुद्ध कानुनी र राजनीतिक लडाई लड्ने निर्णय गरेको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको आज शनिबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

पदाधिकारी बैठकले सो कदमविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले भने, ’यो असंवैधानिक कदम हो, हामी राजनीतिक र कानुनीरुपमा यसविरुद्ध लड्छौं, अन्य दलहरुसँग साझा धारणा बनाएर अघि बढ्ने प्रयासमा छौ ।’

यसैबीच अन्य दलहरुबीच साझा धारणा बनाउन आज ४ बजे संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्दैछ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक शुक्रबार मध्यराति संसद दोस्रोपटक विघटन गरेकी हुन् । संसद भंग गर्दै राष्ट्रपति भण्डारीले आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी छिन् ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ११:५१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology