Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रियसभा उपनिर्वाचनः मतदान सकियो, नौ अनुपस्थित

राष्ट्रियसभा उपनिर्वाचनः मतदान सकियो, नौ अनुपस्थित

दैनिकी न्यूज

६, जेठ २०७८
राष्ट्रियसभा उपनिर्वाचनः मतदान सकियो, नौ अनुपस्थित
images

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ। दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३ सय ४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन कार्यलयले बताएको हो।

प्रदेशसभाका १ सय ९ र स्थानीय तहका २ सय ३८ गरी ३ सय ४७ जना मतदाता रहेकोमा ३ सय ३८ जनाले मात्रै मतदान गरेका हुन्।

१ सय ९ सांसदमध्ये १ सय ५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३३ जना मात्र उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। विवेकशील साझा पार्टीका ३ जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन्।

आजै नतिजा सार्वजनिक गर्ने तयारी छ। प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १५:४८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology