Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

७ गैरसांसद मन्त्रीको पद सर्वोच्च अदालतद्वारा खारेज

७ गैरसांसद मन्त्रीको पद सर्वोच्च अदालतद्वारा खारेज

दैनिकी न्यूज

६, जेठ २०७८
७ गैरसांसद मन्त्रीको पद सर्वोच्च अदालतद्वारा खारेज
images

काठमाडौँ । गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको बिहीबार प्रारम्भिक सुनुवाइपछि राणाको इजलासले एकपटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबीचमा संघीय संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै उनीहरूको पुनःनियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ।

राणाले यो आदेशसँगै संविधानको धारा ७८ को व्याख्या समेत गरेका छन्। यो आदेशपछि सातै जना मन्त्री पदबाट मुक्त भएका छन्।

images
प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - १५:४०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology